राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा सहकारीको स्थलगत निरीक्षण सुरु गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो चरणमै बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरीक्षण गर्ने तयारी गरेको छ। प्राधिकरणले सहकारी दर्ता तथा सुपरिवेक्षण (अनुगमन) कार्य एकसाथ अघि बढाउने भएको हो।

सरकारले सहकारी क्षेत्र नियमन गर्ने उद्देश्यले अध्यादेशमार्फत सहकारी ऐन २०७४ संशोधन गरेको थियो। संशोधित ऐनअनुसार प्राधिकरणलाई सहकारी संस्थाको दर्ता, नियमन र सुपरिवेक्षण गर्ने अधिकार प्राप्त भएको छ।

प्राधिकरण गठनपछि आवश्यक जनशक्ति र संरचना तयार गर्ने कार्य भइरहेको थियो भने यही भदौ २ गते बोर्ड र कर्मचारी नियुक्तिको प्रक्रिया पूरा भएको हो। नेतृत्व पाएको १८ दिन नबित्दै प्राधिकरणले निरीक्षण सुरु गर्ने तयारी गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.