काठमाडौं । सहकारी क्षेत्रलाई प्रविधि–मैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेको अत्याधुनिक वेब बेस्ड कोर बैंकिङ सिस्टम ‘प्रिमियम सीबीएस’ आफ्नो ११औं वर्षमा प्रवेश गरेको छ।
आईएसओ ९००१ः२०१५ प्रमाणित यो सफ्टवेयर सहकारी क्षेत्रमै लोकप्रिय मानिन्छ। **प्रिमियम टेक्नोलोजी प्रा.लि.**ले निर्माण गरेको यो प्रणाली हाल देशभरका ४५० भन्दा बढी सहकारी संस्था, लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरूले प्रयोग गर्दै आएका छन्।
स्थापना दिवसको अवसरमा कम्पनीले सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट, सुरक्षित र समयसापेक्ष सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनलाल बनका अनुसार, प्रविधिको सेवा मात्र नभई सहकारी संस्था तथा संघ–संस्थालाई व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउनु पनि कम्पनीको दायित्व रहेको छ। उनले भने, “११ वर्षको यात्रामा ४५० भन्दा बढी संघ–संस्थासँग जोडिनु हाम्रो लागि ठूलो विश्वास हो। यो विश्वासलाई अझ विस्तार गर्दै उच्चस्तरीय डिजिटल सेवा प्रवाहमा हामी निरन्तर लाग्नेछौं।”
‘प्रिमियम सीबीएस’ ईआरपी र माइक्रो–सर्भिस मोडेलमा आधारित छ र सुरक्षामा विशेष ध्यान दिइएको छ। यसमा २ फ्याक्टर सेक्युरिटी, म्यानेजर तथा बोर्डलाई आवश्यक म्यानेजमेन्ट रिपोर्ट, लोन अटोमेसन सिस्टम, नेपाली र अंग्रेजी भाषाको सुविधा, लाइभ च्याट/सपोर्ट, नयाँ युजर इन्टरफेसलगायत आधुनिक फिचरहरू समावेश छन्।
कम्पनीले आगामी दिनमा अझ स्तरिय, परिस्कृत र नविनतम प्रविधि अवलम्बन गर्दै सुरक्षित, स्वचालित र सहज रूपमा एकीकृत सेवा दिने योजना सार्वजनिक गरेको छ।










